बिहीबार, वैशाख १३, २०८१

आजको राशिफलः वैशाख ३० गते बिहीबार

ज्यो. दिवाकर पन्त २०७८ वैशाख ३० गते ६:२४

काठमाडौं । आज २०७८ साल वैशाख महिनाको ३० गते बिहीबार, वैशाख शुक्लपक्षको द्वितीया तिथि । अब लागौं आजको राशिफलतर्फ

मेष
आत्माबलले भरिएको आँटिलो ब्यक्तित्व हुने छ । जोखिम मोल्न तम्तयार रहने स्वाभावमा बढोत्तरी हुने छ । पेशागत जीवनमा अनुकुलता नै रहने छ । पारीवारिक जीवनमा अत्यन्त धेरै मेलमिलाप नभए पनि धन धान्यको अभिवृद्धिमा भने परिवारका सदस्यहरुबीच समन्वय स्थापित हुने छ । राजनीतिक क्षेत्रमा र प्रशासनीक क्षेत्रमा रहेकाहरुलाई समयले साथ दिने छ । भैसीपालन, रसायनीक मलको कारोवार, ग्रिल उद्योग, फलामको कारोवार, उद्योग कलकारखाना आदी जस्ता क्षेत्रका सक्रियहरुलाई केही सकारात्मक नतिजा प्राप्त हुने छ ।

वृष
आत्माबलको कमि हुन जाने छ । कहिले शितल खालेको स्वाभाव त तत्काल कडा खालको ब्यक्तित्व हुन जाने छ । यसले दुविधाले भरिएको ब्यक्तित्व निर्माण गरि दिने छ । यसले तपाईप्रति अरुको दुविधात्मक धारणा बनाउने छ । भाग्यको बलियो साथ रहेकाले पेशागत जीवनबाट भने त्यत्ति धेरै नकारात्मकता देखिने छैन् । घर घडेरी, गाडि, बाहन बेच्नु पर्ने अथ्वा नोक्सानी हुने समय सक्रिय रहेकाले संयमित रहनु होला । नेतृत्व क्षमतामा गिरावट आउने छ, यसले गर्दा अरुले गरेको विश्वास गुम्न जाने छ ।

मिथुन
धन सम्पत्ति तथा बैंक बचत खर्च हुने समय सक्रिय रहेकाले यसबारेमा संयमित भएर खर्च गर्ने बारेमा अघि बढ्नु होला । आम्दानीमा बृद्धि हुन जाने भएकाले यसले आँटिलो स्वाभावमा केही बृद्धि गनृे छ । मनोबलमा बृद्धि हुने छ । तर रिसाह ब्यक्तित्व बन्ने भएकाले झनक्क झनक्क रिस उठ्ने छ । मनमा उदासिनता छाउने छ । परिवारबाट टाढा रहने अवस्था आउँछ भने परिवारको साथैमा रहेकाहरुको हकमा पारीवारिक द्वन्द चर्किने छ । उद्योग कलकारखाना तथा कार्यालयमा श्रम समस्या उत्पन्न हुने भएकाले ब्यवस्थापन र मजदुर पक्षबीच द्वन्द चर्किन जाने छ ।

कर्कट
भाग्यको साथ नरहेकाले राम्रो गरेका कामको पनि जस प्राप्त हुने छैन् । आम्दानी तथा कमाई प्रति र आफ्नो सपनाप्रति समर्पित हुने उर्जा प्राप्त हुने छ । पेशागत जीवनमा समस्या आउने छ । कतिपयको हकमा गरिरहेको पेशा ब्यवसाय गुमाउनु पर्ने समय रहेकाले संयमित रहनु होला । खासगरी आफ्नो बोलीलाई नियन्त्रण गर्दा यसबाट बच्न धेरै मद्दत पुग्ने छ । साझेदारीमा गरिएका कामहरुबाट भने फाइदा हुने छ । पैतृक सम्पत्तिलाई परिचालन गर्न सकेमा लाभ हुने छ ।

सिंह
राखिएका लक्ष्य प्राप्तिमा प्रगति हुने छ । भाग्य बलियो साथ रहेको छ । ब्यक्तित्वको कदर हुने छ । आम्दानीमा बृद्धि हुने छ । आफ्नो मेहनत र सक्रियताबाट आफ्नो भाग्य निर्माण गर्ने तागत प्राप्त हुने छ । मनोबल उच्च हुने भएकाले देखा पर्ने समस्या तथा चुनौतिसँग जुध्ने शक्ति उत्पन्न हुने छ । दापत्य जीवनमा भने केही कटुता उत्पन्न हुन जाने भएकाले संयमित रहँदा उपयुक्त हुने छ । साझेदारीमा गरिएका कामहरुमा पनि अस्वाभाविक द्वन्द र उल्झनहरु थपिने छ । मनमा दुविधाले सताउने छ ।

कन्या
आत्माबलको कमि हुने भएकाले नेतृत्व क्षमतामा निकै कमि आउने छ । तर बोलीको प्रभाव भने बढ्न जाने छ । अध्ययन तथा अध्यापनमा मन लाग्ने छ । छाति, हृदय तथा माथिल्लो पेट सम्बन्धी समस्याले च्याप्ने भएकाले ध्यान दिनु होला । यात्रा गर्नु पर्ने बाध्यात्मक परिस्थिति आउने छ । आम्दानीमा गिरावट आउने छ, जसले गर्दा मनमा निराशा उत्पन्न हुन जाने छ । साझेदारहरु मिलेर गरेको काममा बिबाद हुने भएकाले संयमित रहनु होला ।

तुला
बोलीको प्रभाव घट्ने भएकाले आफ्नो बोलीलाई वशमा राख्नु होला । पेशागत जीवन र ब्यवसायमा चुनौतिहरु देखा पर्न जाने छ । रोजगारी गुमाउने अवस्था आउन सक्ने भएकाले निकै लचक भएर आफु भन्दा माथिका कर्मचारीहरुसँग ब्यवहार गर्ने तर्फ ध्यान दिनु होला । प्रतिकुल समय रहेकाले धैर्य र संयमित भएर पाइला चाल्नु होला । मनमा दुविधाले घेर्ने छ । ब्यक्तित्वमा गिरावट आउने भएकाले निर्णय क्षमतामा कमि आउन जाने छ ।

वृश्चिक
समय अलि प्रतिकुल देखिएकाले संहालिँदै अघि बढ्नु पर्ने समय छ । मनमा निराशा छाउने छ, यसले गर्दा निन्द्रामा समस्या ल्याउने छ । अत्याधिक निराशाले घेर्ने छ । सकारात्मक भन्दा नकारात्मक विचारले समात्ने छ । पेशागत जीवनमा समस्याहरु आउने छन् । जीवनमा अबरोध र अपमान सहनु पर्ने छ । निर्णय क्षमतामा ह्रास आउने भएकाले अरुले तपाईलाई अन्योलले भरिएको ब्यक्तिका रुपमा लिने छन् ।

धनु
भाग्यको बलियो साथ रहेकाले आन्तरिक चतु¥याईमा बृद्धि हुने छ । तर मनमा भने दुविधाले सताउने छ । दाम्पत्य जीवनमा सुमधुरताको कमि देखा पर्ने छ । साझेदारीमा गरिएका कामहरुमा एक अर्कामा विश्वासको अभाव हुने भएकाले द्वन्द बढ्ने छ । पारीवारिक जीवनमा मिलन हुने छ । परिवारको साथले गर्दा समस्याहरुसँग सामना गर्न शक्ति प्राप्त हुने छ । बोलीको प्रभाव कम हुन जाने छ । बाणिज्य क्षेत्रमा गिरावट आउने भएकाले आम्दानीमा गिरावट ल्याउने छ ।

मकर
कठिन परिस्थितिसँग जुधेर त्यसबाट पार लाग्ने दृढता हुने छ । तर रिस बढि हुन जाने छ । मनोबल उच्च हुने भएकाले दृढ ब्यक्तित्व हुने छ । जीवनसाथिको साथले प्रगति हुने छ भने असजिलो समयमा ढाडस पाइने छ । आम्दानीमा कमि आउने छ । साझेदारीमा गरिएका काममा आम्दानीको बाँडफाँडको विषयलाई लिएर भनाभन हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा भने बृद्धि हुने छ । लेनदेनमा बिबाद हुने छ भने सरसापट गरिएका रकम उठ्ने छैन् ।

कुम्भ
आम्दानीमा हुने थोरै बृद्धिले केही राहत दिने छ । परिवारका सदस्यहरुको तपाईप्रतिको भरोसामा बृद्धि हुने छ । घर घडेरी, गाडी तथा सवारीसाधनको क्षेत्रमा प्रगति हुने छ । मनमा अत्याधिक अन्योलता बढ्ने छ, यसले निर्णय क्षमतामा गिरावट ल्याउने छ । पेशागत जीवनमा विभिन्न खाले उल्झनहरुको सामना गर्नु पर्ने छ । अलि नकारात्मक परिस्थिति सामना गर्नु पर्ने भएकाले संयममताको खाँचो देखिन्छ । मेहनत र पराक्रमी स्वाभावमा भने बृद्धि हुने छ । जीवनसाथिको साथले असजिलो परिस्थितिसँग पार पाउन आत्माबल बढाउने छ ।

मीन
आम्दानीमा केही बृद्धि हुने छ । तर अत्यन्त दुविधात्मक ब्यक्तित्व हुन्छ । आफूले आफैमाथि कम विश्वास लाग्ने छ । यसबाट बच्नका लागि आफ्नो परिवारका सदस्यहरुको साथमा विषयवस्तुलाई सुल्झाउने प्रयास गर्नु होला । बोलीमा अत्याधिक कडापन आउने छ । परिवारका सदस्यहरुले विश्वास गर्ने भएकाले परिवारका सदस्यहरुको विश्वास तपाईप्रति उच्च रहने छ । पेशागत जीवनमा केही समस्याहरु देखा पर्न जाने छन् । भाग्यको साथ रहेकाले घर घडेरीसम्बन्धी विषयमा ठोस प्रगति हुन जाने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया