शनिबार, वैशाख १५, २०८१

७० आरोही सगरमाथा शिखरमा

मेरोन्यूज २०७८ वैशाख २९ गते २२:०५
फाइल फाेटाे/मेराेन्यूज

सोलुखुम्बु । देशमा कोरोना संक्रमणको जोखिम उच्च रहे पनि सगरमाथा आरोहण भने उत्साहजनक रुपमा भइरहेको छ । आज मात्रै ७० आरोही शिखरमा पुग्न सफल भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले आधार शिविरबाट जानकारी दिइन् ।

हालसम्मको तथ्याङ्कानुसार यस वर्ष करीब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन् । यो विवरणमा केही थपघट हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया