बिहीबार, वैशाख १३, २०८१

निजी अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट राख्नुपर्ने

मेरोन्यूज २०७८ वैशाख २९ गते २०:४४

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १०० बेड क्षमता भएका निजी तथा सामुदायिक अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निजी, सरकारी र सामुदायिक अस्पतालहरुले अबको १५ दिनभित्रमा अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको जानकारी दिए ।

उनले भने, “अक्सिजन प्लान्ट जडान गर्न मन्त्रालयले सहजीकरण गर्ने छ ।” धेरै निजी अस्पतालमा अक्सिजन प्लान्ट छैन । सरकारले अस्पताललाई अक्सिजनकाे कोटा तोकेपछि अस्पतालहरुले नयाँ बिरामी भर्ना नलिने घोषणा गरिरहेका छन् ।

प्रतिक्रिया