बुधबार, वैशाख १२, २०८१

बिध ल्याबले गर्यो टेकु अस्पताललाई एक्सट्रयाक्सन किट सहयोग, भोलिदेखि परीक्षण सुरु हुने

मेरोन्यूज २०७८ वैशाख २९ गते २०:१८

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतााललाई सरकारबाट ‘ए’ ग्रेडको मान्यताप्राप्त बिध ल्याबले दुई हजार थान एक्सट्रयाक्सन किट सहयोग गरेको छ ।

कोभिड–१९ (कोरोना भाइरस) को महामारीमा किटको अभाव देखिएको थियो । किट अभावमा हिजोदेखि पीसीआर परीक्षण स्थगित भएपछि ल्याबले सहयोग उपलब्ध गराएको हो ।

ल्याबकी इन्चार्ज डा. बिनिता थापाका अनुसार महामारीको बेलामा सरकारसँग मिलेर अघि बढ्न किट सहयोग गरिएको हो ।

टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार भोलिदेखि नियमित पीसीआर परीक्षण हुनेछ । कोभिडको दोस्रो लहर सुरु भएपछि बढ्दै गएको संक्रमण नियन्त्रणका लागि परीक्षण आवश्यक भएको भन्दै ल्याबकी इन्चार्ज थापाले आफूहरु सरकारसँग हातेमालो गरेर अघि बढ्ने बताए ।

प्रतिक्रिया