शुक्रबार, वैशाख ७, २०८१

देशभर ९ हजार ३०५ जना संक्रमित, १६८ जनाको मृत्यु

मेरोन्यूज २०७८ वैशाख २९ गते १६:३५

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसमध्ये पिसिआरबाट ९ हजार २३८ र एन्टिजेनमा ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यही अवधिमा १६८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यस्तै, ४ हजार ४४४ जना निको भएर घर फर्किएका छन् ।

आज देखिएको कोरोना संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौँमा ३ हजार २५० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया