शुक्रबार, चैत १६, २०८०

विवाह गरी भोज गर्ने बेहुलाहरू पक्राउ

मेरोन्यूज २०७८ वैशाख २९ गते १६:२८

पर्वत । जिल्लाको जलजला गाउँपालिका २ मा निषेधाज्ञाको समयमा विवाह भोज चलाएको भन्दै बेहुला पक्राउ परेका छन् । कोरोना भाइरस (कोभिड–१९)को हटस्पट जलजला २ माझफाँटमा भोज गर्ने दुई जना बेहुलाहरू क्राउ परेका हुन् ।

सोमबार विवाह गरेका उनीहरूले आज एकै ठाउँमा भोज चलाएको सूचना पाएपछि प्रहरीले २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार परियारलाई पक्राउ गरेको हो । उक्त गाउँमा कोरोनाका सक्रिय संक्रमित ७५ जना छन् ।

जिल्ला प्रशासन कार्यालयले विवाह तथा काजक्रियामा १० जना मात्रै सहभागी हुने आदेश जारी गरेको छ । प्रहरी पुगेपछि सहभागी भागाभाग भएका थिए ।

सबै भागेपछि प्रहरीले बेहुलालाई समातेर आवश्यक कारबाहीपछि छाड्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप पौडेलले स्वास्थ्य मापदण्ड पालना नगरी भोज गरेको पाइएपछि नियन्त्रणमा लिएको जानकारी दिए ।

Advertisement

प्रतिक्रिया