शुक्रबार, वैशाख १४, २०८१

कोरोनाको औषधि चाहिए आयन हेल्थकेयरसँग सम्पर्क गर्नु : स्वास्थ्य मन्त्रालय

मेरोन्यूज २०७८ वैशाख २९ गते १६:०७

काठमाडौँ । देशभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) भई अस्पताल भर्ना भएका बिरामीलाई रेम्डेसिभिर औषधिको आवश्यकता परे आयन हेल्थकेयरसँग सम्पर्क गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

कोभिड—१९ को उपचार गर्न कुनै औषधि प्रमाणित नभएको अवस्थामा मन्त्रालयले रेम्डेसिभिरको आधिकारिक आयातकर्ता आयनसँग समन्वय गर्न आग्रह गरेको हो । यो औषधि प्राप्त गर्न भने कोभिड अस्पताल वा ती अस्पतालमा उपचाररत संक्रमितका लागि सम्बन्धित चिकित्सकको प्रिस्क्रिप्सनसहित लिन जाने व्यक्तिको परिचय पत्रको प्रमाण आवश्यक पर्ने जनाइएको छ ।

यो औषधि प्रति भाइल चार हजार ९ सय रुपैयाँका दरले खरिद गर्न सकिने मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया