शुक्रबार, वैशाख १४, २०८१

सरकार गठन गर्न समर्थन नगरेका दलको नेता थापा बर्खास्त

मेरोन्यूज २०७८ वैशाख २९ गते १५:१६

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले नेपाली कांग्रेस नेतृत्वको नयाँ सरकार गठन गर्न सहमति नदिएका कृष्ण थापालाई संसदीय दलको नेताबाट बर्खास्त गरेको छ । गण्डकी प्रदेशका संसदीय दलका नेता थापालाई जनमोर्चाले दलको नेताबाट हटाएको हो ।

पार्टीकी सचेतक पियारी थापाले प्रदेशसभा सदस्य थापालाई संसदीय दलको नेताबाट हटाउने निर्णय सभामुख नेत्रनाथ अधिकारीलाई जानकारी गराएकी थिइन् ।

गण्डकी प्रदेशमा कांग्रेससहित नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर सरकार निर्माणमा जनमोर्चाले समर्थन गर्ने निर्णय भएको थियो । यसविरुद्ध कार्य गरेको भन्दै थापलाई दलको नेताबाट हटाएको महासचिव मनोज भट्टले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया