मंगलबार, वैशाख ४, २०८१

उपत्यकामा मात्रै कोरोनाका कारण एक हजार ३५४ जनाले ज्यान गुमाए

मेरोन्यूज २०७८ वैशाख २९ गते १३:२६

काठमाडौं । पछिल्लो केही दिन यता देशैभर कोरोना संक्रमितको संख्या बढेसँगै मृत्युदर समेत बढ्दै गएको छ । मंगलबार मात्र २२५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाए । जुन मृत्यु हुने संक्रमितको संख्या अहिलेसम्मकै उच्च छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार मंगलबार (हिजो) सम्म देशैभर कोरोनाका कारण मृत्यु हुनेको संख्या चार हजार ८४ पुगेको छ । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै एक हजार ३५४ जनाले ज्यान गुमाएका छन् । जुन कुल मृत्युको ३३।१६ प्रतिशत हो ।

उपत्यकामा पनि सबैभन्दा बढी मृत्यु काठमाडौंमा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका मध्ये सबैभन्दा बढी मृत्यु काठमाडौंमा भएको जनाएको छ ।

काठमाडौंमा मात्र हालसम्म कोरोना संक्रमणबाट ९१३ जनाले ज्यान गुमाएका छन् । भक्तपुरमा १८८ जनाले र ललितपुरमा २५३ जना संक्रमितले ज्यान गुमाएका छन् । यसैगरी, उपत्यकामा हालसम्म १लाख ९० हजार ९४२ जनामा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौंमा हालसम्म एक लाख ५० हजार ५५० जना,भक्तपुरमा कुल १४ हजार ९९४ जना र ललितपुरमा हालसम्म २५ हजार ३९८ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ४० हजार २२२ जना संक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया