बिहीबार, वैशाख १३, २०८१

सांसद अपहरण गर्ने खेल सुरु भयो : महेश बस्नेत

मेरोन्यूज २०७८ वैशाख २९ गते १३:१५

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले सत्ता परिवर्तनका लागि ३ जना सांसदहरूलाई अपहरण गर्ने खेल सुरु भएको बताएका छन् । उनले जनता समाजवादी पार्टी (जपसा)का बाबुराम भट्टराई र उपेन्द्र यादवले महन्थ ठाकुर र राजेन्द्र महतोलाई समर्थन गर्ने ३ जना सांसदलाई अपहरण गरेको आरोप लगाएका हुन् ।

‘आज बाबुराम र उपेन्द्र यादवहरूले महन्त ठाकुर र राजेन्द्र महतोलाइ समर्थन गर्ने तीन जना सांसदहरूलाइ कहाँ लुकाएर राख्नु भएको छ ?,’ नेता बस्नेतले भने,
‘के तिनीहरू अपहरणमा परेका होइनन ?’

यस्तै, उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाका भट्टराई र यादबलाई केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट नहटाइ नभएको बताएका छन् । उनले कांग्रेसका नेता रामचन्द्र पौडेलको दबाबमा कांग्रेसले सत्ताको नेतृत्व नलिई नभएको टिप्पण गरे ।

प्रतिक्रिया