बिहीबार, वैशाख १३, २०८१

कोरोनाबाट काठमाडौँ उपत्यकामा २५ जनाको मृत्यु

मेरोन्यूज २०७८ वैशाख २९ गते ११:२८

काठमाडौँ । वागमती प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसमेत रहेका छन् । काठमाडौँमा मात्र ११ महिला र सात पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

त्यस्तै मन्त्रालयका अनुसार ललितपुरका चार, भक्तपुरका तीन, चितवन, दोलखा र सिन्धुलीमा क्रमशः दुई–दुई, रसुवा, रामेछाप र सिन्धुपाल्चोकका क्रमशः एक–एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै वागमती प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ६५३ जना पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तमराज सेढाईंले जानकारी दिए ।

वागमती प्रदेशमा पछिल्लो २४ घण्टामा चार हजार ६५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा काठमाडौँ दुई हजार ७८८, ललितपुरका ६०२, भक्तपुरका ५३७, रसुवाका एक, नुवाकोटका ७३, धादिङका ११५, चितवनका १२४, सिन्धुलीका ४७, मकवानपुरका ११६, रामेछाप २४, दोलखाका १५, काभ्रे १५५ र सिन्धुपाल्चोकका ५८ जना छन् । वागमती प्रदेशमा सक्रिय संक्रमितको संख्या ५३ हजार ३७५ जना पुगेको छ ।

प्रतिक्रिया