शुक्रबार, चैत १६, २०८०

३२ हजार भाईल रेम्डेसिभिर काठमाडौं आईपुग्यो

मेरोन्यूज २०७८ वैशाख २९ गते ९:४१

काठमाडौं । कोरोनाका जटिल विरामीलाई प्रयोग गरिदै गरिने रेम्डेसिभिर औषधि ३२ हजार भाइल बंगलादेशबाट हवाई मार्ग हुँदै काठमाडौँ आइपुगेको छ ।

नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले मंगलबार बेलुका ३२ हजार भाईल रेम्डेसिभिर काठमाडौं आईपुगेको बताए ।

उनका अनुसार ३२ हजार भाइल रेम्डेसिभिर मध्ये १० हजार भाइल नेपाल सरकारलाई बंगलादेश सरकारले अनुदानमा उपलव्ध गराएको र बाँकी २२ हजार भाइल आयान हेल्थ केयर प्रालिले ल्याएको हो ।

बंगलादेशले अनुदानमा दिएको १० हजार भाइल रेम्डेसिभिर बेक्सिम्को बंगालदेशबाट उत्पादित हो भने आयान हेल्थकेयरले ल्याएको २२ हजार भाइल इन्सेक्ट्रा फर्मास्युटिकल्सको उत्पादन हो ।

Advertisement

प्रतिक्रिया