बिहीबार, वैशाख १३, २०८१

वागमती प्रदेश सभा सदस्य चौलागाईंको कोरोना संक्रमणबाट निधन

मेरोन्यूज २०७८ वैशाख २९ गते ७:५३

काठमाडौं । नेकपा एमालेका नेता पशुपति चौलागाईंको कोरोना संक्रमणबाट निधन भएको छ । उनको मंगलबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

दोलखाका चौलागाईं कोरोना संक्रमणपछि केही दिनदेखि मनमोहन अस्पतालमा उपचार गराइरहेका थिए । एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका चौलागाईं दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् ।

एमालेका प्रभावशाली नेता मानिने चौलागाईं दोलखाबाट दुई पटक संघीय संसदको सांसद निर्वाचित भएका थिए । चौलागाईं २०५६ सालमा एमालेबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।

दोस्रो संविधान सभामा सभासद रहेका चौलागाईं एमाले निकट युवा संघका पूर्व अध्यक्ष समेत हुन् । उनी नेकपा एमालेको साबिक बागमती अञ्चलको इन्चार्ज समेत थिए ।

काठमाडौंको पेप्सिकोलामा बस्दै आएका चौलागाईंका श्रीमती, एक छोरा र दुई छोरी छन् । श्रीमती र एक छोरीलाई पनि कोरोना पोजेटिभ देखिएका कारण उनीहरु होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया