शुक्रबार, वैशाख १४, २०८१

अन्तर्राष्ट्रिय समुदायसँग ओलीले भने- हामीलाई सहयाेगकाे खाँचाे छ

खोप, परीक्षण गर्ने उपकरण, अक्सिजन किट्स, सघन उपचारका औषधि र उपकरण सहयोग गर्न आग्रह

मेरोन्यूज २०७८ वैशाख २८ गते २०:४०

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल काेराेना संक्रमणबाट अन्यन्त प्रभावित भएकाे भन्दै मानवीय सहयाेगकाे खाँचाे रहेकाे औँल्याएका छन् । बेलायती पत्रिका द गार्जियनकाे अनलाइन संस्करणमा लेख लेख्दै उनले काेराेना महामारीले भयावहस्थिति लिएकाे भन्दै अन्तर्राष्ट्रिय समुदायसँग सहयाेग आग्रह गरेका हुन् ।

‘स्रोत तथा पूर्वाधार अभावको कारण यो महामारी थेग्न नसक्ने अवस्थामा पुगेको छ । त्यसैले म अन्तर्राष्ट्रिय समुदायसँग मानिसहरुको ज्यान बचाउने हाम्रो प्रयासमा सहयोग गर्न हामीलाई खोप, परीक्षण गर्ने उपकरण, अक्सिजन किट्स, सघन उपचारका औषधि र उपकरणहरु सहयोगको लागि आग्रह गर्छु’- उनले लेखमा भनेका छन् ।

प्रतिक्रिया