बिहीबार, चैत १५, २०८०

बालविवाह गर्ने २ जना पक्राउ

मेरोन्यूज २०७८ वैशाख २८ गते १९:०५

सुनसरी । देवानगन्ज गाउँपालिका–५ बाट बालविवाह गर्ने बेहुला र विवाह गराउनेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले हरिनगर गाउँपालिका–४ घर भएका २६ वर्षीय मिथिलेश पाल र उनका सानोबुबा फुलचन पाललाई पक्राउ गरेको हो ।

देवानगञ्ज–१ घर भएकी १८ वर्षीय कल्पनाकुमारी पाल र मिथिलेश पालको बीचमा विवाह हुँदै थियो । उनीहरुलाई विवाह मण्डपबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विवाह कार्यक्रम फुलचन पालको घरमा हुँदै थियो । २० वर्ष पूरा नभई विवाह गरेमा ३ वर्ष कैद वा ३० हजार जरिवाना हुने कानूनी व्यवस्था छ ।

Advertisement

विवाहसम्बन्धी कसूरमा म्याद लिएर आरोपीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया