शनिबार, वैशाख ८, २०८१

५ हजारभन्दा बढी कोरोनामुक्त

मेरोन्यूज २०७८ वैशाख २८ गते १८:१५


काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार २२५ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना निको हुनेको कुल संख्या ३ लाख १२ हजार १९ पुगेको छ । सोही अवधिमा देशभर पछिल्लो २४ घण्टामा ९ हजार ४८३ जना कोरोना संक्रमित थपिएका छन्
यस्तै संक्रमित हुनेको कुल संख्या ४ लाख १३ हजार १११ पुगेको छ । नेपालमा संक्रमण निको हुने दर ७५.५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट २२५ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । यो मृत्युदर अहिलेसम्मकै उच्च हो । सोमबार कोरोनाका कारण १३९ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया