शुक्रबार, चैत १६, २०८०

सय शय्याको कोरोना अस्पताल बनाउन शुरु

मेरोन्यूज २०७८ वैशाख २८ गते १८:१८

धनुषा । प्रदेश २ सरकारले छुट्टै १०० शय्याको कोरोना अस्पताल निर्माण आजदेखि शुरु गरेको छ । जनकपुरधामको वडा नंं १४ मुजेलियामा रोकिएर रहेको मणिपाल शिक्षण अस्पतालको भवनमा कोरोना अस्पताल बनाउन थालिएको हो ।

जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय जनकपुरधामका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर भगवान झाले अस्पताल बनाउन छोटो प्रक्रिया मार्फत टेन्डर आव्हान गरेको प्रदेश सरकारले दुई चरणमा निर्माण सक्ने योजना रहेको बताए ।

बीस शय्याको आइसियुसहितको संरचना १५ दिनमा सक्ने लक्ष्य छ । तीन करोड २५ लाखमा बन्ने उक्त अस्पतालमा कोरोना सङक्रमितको सबै प्रकारका उपचारका सुविधाहरू रहने छ ।

जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारले गृहकार्य थालीसकेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रादेशिक कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको निर्णय एवम् मुख्यमन्त्री लालबाबु राउतको निर्देशनमा सो अस्पताल बनाउन लागिएको हो ।

Advertisement

प्रतिक्रिया