शनिबार, वैशाख ८, २०८१

थप ९,४८३ जनामा कोरोना, २२५ जनाको मृत्यु

मेरोन्यूज २०७८ वैशाख २८ गते १७:५४


काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ९ हजार ४८३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २० हजार ५९६ जनाको पीसीआर र ७२० जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ९ हजार ४८३ जना पोजेटिभ पाइएको छ ।

मन्त्रालयले यहि अवधीमा ५ हजार २२५ जनाले कोरोना जितेर निको भएको बताएको छ ।

यस्तै आज कोरोनाबाट २२५ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।यो मृत्युदर अहिलेसम्मकै उच्च हो । सोमबार कोरोनाका कारण १३९ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया