शुक्रबार, वैशाख १४, २०८१

कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन जसपा र एमालेको माधव नेपाल पक्षको समेत साथ लिएर अघि बढ्ने

मेरोन्यूज २०७८ वैशाख २८ गते १७:३९

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पुर्व पदाधिकारी बैठकले कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन जसपा र एमालेको माधव नेपाल पक्षको समेत साथ लिएर अघि बढ्ने निर्णय गरेको छ । मंगलवार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठकले राष्ट्रपतिले दिएको समयभित्र दुई भन्दा दुई ठुलो दल कांग्रेस,माओवादी केन्द्र र जसपालगायत दलहरुले दाबी गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले बताए ।
उनले भने,“प्रधानमन्त्रीले विश्वासको मत लिन असफल हुनुभएको छ । ”
उनका अनुसार माओवादी केन्द्र र कांग्रेस एकै स्थानमा उभिएको छ त्यसमा दुईमत छैन् तर जसपाको उपेन्द्र यादवले कांग्रेसको नेतृत्वमा सरकारमा जान तयार छ ।
उनले भने, “जसपाका उपेन्द्र यादव र राजेन्द्र महतो दुबै एकजुट भएर यो अभियानमा सामेल हुन आग्रह गछौँ ।”

उनका अनुसार समग्रमा जसपा एकजुट भएर यो अभियानमा सामेल होस् भन्ने हामी चाहान्छौं । माधवजीहरुको पनि सहयोग जुटाउने कोसिस हुन्छ ।

प्रतिक्रिया