शनिबार, वैशाख ८, २०८१

भारतको रोजाइ केपी ओली : भाजपा नेता स्वामी

मेरोन्यूज २०७८ वैशाख २८ गते १७:४१

काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा)का नेताले नेपालमा भारतको रोजाइ केपी शर्मा ओली भएको बताएका छन् । पूर्वमन्त्रीसमेत रहेका भाजपाका नेता सुब्रमन्यम स्वामीले यस्तो बताएका हुन् ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘नेपालबारे मेरो जानकारीमा भएसम्म ओली भारतको रोजाइ थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्नेछ ।’

नेपालमा नयाँ सरकार गठनका लागि प्रयास भइरहेका बेला उनको भनाईलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया