शुक्रबार, चैत १६, २०८०

गोरुको मासु बेचविखन गर्ने २ जना पक्राउ

मेरोन्यूज २०७८ वैशाख २८ गते १७:२५

झापा । गोरुको मासु बेचबिखन गरेको अभियोगमा झापाको बिर्तामोडबाट २ जना पक्राउ परेका छन् । जिल्लाको बिर्तामोड नगरपालिका(५ डेरा गरी बस्ने भारत घर भएका २५ वर्षीय महमद नसिम आलम र १८ वर्षीय किशोरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले कोठाभित्र गोरुको मासु बेचबिखन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले मासु काटा रहेको अवस्थामा १५ किलो ५ सय ग्राम गोरुको मासु सहित फेला पारी पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया