शनिबार, वैशाख ८, २०८१

दैनिक १५ हजार अक्सिजन सिलिण्डर माग, अस्पतालमा १० हजार मात्रै

स्वास्थ्य सामग्री खरिदका लागि १४ अर्ब बजेट सुनिश्चित

मेरोन्यूज २०७८ वैशाख २८ गते १७:१३

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमितका लागि दैनिक १५ हजार सिलिण्डर अक्सिजन माग भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव लक्ष्मण अर्यालले अहिले दैनिक १५ हजार सिलिण्डर अक्सिजन माग भइरहेको बताए । उनले भने, ‘अहिले अस्पतालहरूसँग १० हजार सिलिण्डर मात्रै रहेको छ ।’

सचिव अर्यालका अनुसार लिक्विड अक्सिजन ट्याँक किन्ने प्रक्रिया सुरु गरिएको छ । दाताहरूसँग २०–२० हजारमाथिका अक्सिजन ट्याँकका लागि प्रस्ताव गरिएको उनको जानकारी दिए । ‘२ सय बेडमाथिका अस्पतालले अक्सिजन प्लान्ट राख्न चाहेमा सरकारले सहयोग गर्नेछ,’ उनले भने ।

उनले स्वास्थ्य सामग्री खरिदका लागि १४ अर्ब बजेट अर्थ मन्त्रालयबाट सुनिश्चितता भएको पनि जानकारी दिए ।

प्रतिक्रिया