शनिबार, वैशाख ८, २०८१

नेप्सेमा मंगलबार पनि हरियाली

मेरोन्यूज २०७८ वैशाख २८ गते १७:०९

काठमाडौँ । हिजो सोमबार केहि सुधार आएको शेयर बजारमा आज मंगलबार पनि हरियाली छाएको छ । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक मंगलबार २७ दशमलब ४७ अंकले उकालो लागेर २ हजार ६ सय ७३ दशमलब ३१ बिन्दुमा पृुगेको छ ।

यो हिजो सोमबारको तुलनामा १ दशमबल ४ प्रतिशतले बढी हो । मंगलबार बोटलर्स नेपाल (तराइ), रुरु जलविद्युत परियोजना लगायत पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबैको समुहगत सुचक बढेको छ । सबैभन्दा बढि सुचक बढ्नेमा ट्रेडिङ क्षेत्रको ५.७९ प्रतिशत रहेको छ ।

आज नेपाल पूनर्बिमा कम्पनीको सबैभन्दा धेरै ७६ करोड ६५ लाख र अपि पावर कम्पनिको २० करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । स्टक एक्सचेञ्जमा मंगलबार २ सय २० कम्पनीको ६२ हजार ६ सय ५९ कारोबारबाट कुल ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार ७१ रुपैयाँ बराबरको १ करोड ८ लाख १९ हजार ५ सय ३५ कित्ता शेयर खरिद बिक्रि भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

प्रतिक्रिया