शुक्रबार, चैत १६, २०८०

कुर्चीमा बसेर अक्सिजन लिँदै कोरोना संक्रमित (फोटो फिचर)

जुली गिरी २०७८ वैशाख २८ गते १७:०३

काठमाडौँ । देशभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमण दर बढेसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा विरामीको अवस्था नाजुक भएको छ । अस्पतालमा बेड अभाव भएपछि विरामीहरू म्याट ओछ्याएर भुँइमै उपचार गर्न बाध्य भएका छन् ।

यस्तै, कोरोना संक्रमति विरामीहरूले टेबुल कुर्चीमा बसेर अक्सिजन लिइरहेको भावुक बनाउने दृष्य देखिएका थिए । कोरोना महामारी बढेसँगै अस्पतालहरूमा बेड अभाव हुन थालेपछि अस्पतालमा संक्रमितहरूले आफ्नो पालो कुर्दै दुःखका साथ बस्नु परेका हुन् ।

टेकु अस्पतालमा पुग्दा कोही भुँइमा बसेर अक्सिजन लिइरहेका देखिन्थे भने कोही कुर्चीमा बसेर आफ्नो पालो कुरिरहेका थिए ।

Advertisement

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया