शुक्रबार, वैशाख ७, २०८१

बुझेर बोल्नुस्, आत्मरतिका लागि नबोल्नुस् : मन्त्री त्रिपाठी

मेरोन्यूज २०७८ वैशाख २८ गते १६:१२

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना भाइरस (कोभिड–१९)को खोप आयातमा सरकारले कसैलाई एक पैसा कमिसन नदिएको बताएका छन् । मंगलबार पत्रकार सम्मलेनमा उनले भने, ‘बुझेर मात्र बोल्नुस्, झुटा अफवाह र आत्मरतिका लागि नबोल्नुस् ।’

मन्त्री त्रिपाठीले राजनीतिक दलका नेताहरूलाई पनि बुझेर मात्रै बोल्न आग्रह गरे । सेरमसँग नेपालले खरिद गरिसकेको १० लाख डोज खोप कहिले आउँछ भन्ने टुंगो छैन । कम्पनीमा भएको आगलागी, भारतमा महामारी फैलिएपछि खोप निर्यातमा रोक लगाउँदा खोप आउन ढिला भएको उनले जानकारी दिए ।

मन्त्री त्रिपाठीले भने, ‘एउटा कम्पनीलाई २० प्रतिशत निर्यातका लागि अनुमति दिइसकेको छ । सेरमले पनि अनुमति पाउनासाथ पहिलो देशका रुपमा नेपालमा खोप आउँछ भन्ने विश्वासमा छौँ ।’

यसअघि नेपाललाई भारतले १० लाख डोज खोप अनुदानमा दिएको थियो भने चीनले ८ लाख खोप अनुदानमा दिएको थियो । नेपालले २० लाख डोज खोप खरिद गरेको थियो ।

प्रतिक्रिया