मंगलबार, वैशाख ११, २०८१

सरकारले २० लाख डोज खोप खरिद गरेको हो : मन्त्री त्रिपाठी

मेरोन्यूज २०७८ वैशाख २८ गते १५:४०

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)का कारण देश जटिल अवस्थामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी बताएका छन् । यस्तो अवस्थामा सरकारले भारतसँग २० लाख डोज कोरोनाविरुद्धको खोप खरिद गरेको बताए ।

‘भारतसँग प्रति डोज ४ अमेरिकी डलरका दरले २० लाख डोज किनेका थियौँ, जसमा १० लाख खोप नेपाल आइसकेको थियो,’ उनले भने, ‘तर १० लाख डोज आउन सकेको छैन्, भारतको निर्यात खुल्ने बितिकै बाँकी खोप आउँछ ।’

अहिलेसम्म नेपालले २० लाख डोज मात्र किने हो जसमा ८० प्रतिशत रकम पठाइसकेको उनको भनाई थियो ।

प्रतिक्रिया