शनिबार, वैशाख १५, २०८१

पूर्व प्रधानमन्त्री खनाल डिस्चार्ज हुँदै

मेरोन्यूज २०७८ वैशाख २८ गते १४:५२

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल कोरोना भाइरस (कोभिड–१९) संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि उनी थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए ।

गत १८ वैशाखदेखि नेता खनाल अक्सिजनको सहायतमा उपचाररत थिए । कोरोना रिपोर्ट नेगेटिभ आएसँगै उनलाई डिस्चार्ज गर्न लागिएको अस्पतालले जनाएको छ ।

गत २६ गते कोरोना परीक्षण गर्दा खनालको कोरोना रिपोर्ट नेगेटिभ देखिएको थियो ।

प्रतिक्रिया