शुक्रबार, वैशाख १४, २०८१

माईला लामाको ‘मेरी आमा’ सार्वजनिक (भिडियो)

मेरोन्यूज २०७८ वैशाख २८ गते १४:३३

काठमाडौं । पछिल्लो समय लोकप्रिय बन्दै गईरहेकी गायिका निर्मला घिसिङको स्वरमा नयाँ गीत बजारमा आएको छ । आमाहरुप्रति समर्पित रहेर जनवादी कलाकार माइला लामाको शब्द रचनामा ‘मेरी आमा’ बजारमा आएको हो ।

गायिका घिसिङको आफ्नै अफिसियल युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरिएको छ । गीतमा संगीत स्वंयम शब्द रचना गर्ने जनवादी कलाकार माइला लामाले नै भरेका छन् । संगीत सम्पादन भने चन्द सिंहले गरेका छन् ।

आमाको मुख हेर्ने दिन अर्थात मातातिर्थ औशीको दिन पारेर यो गीत सार्वजनिक गरिएको छ ।

न्याय , समानता र स्वतन्त्रताका खातिर आन्दोलनमा लाग्दा लामो समय जेल जीवन बिताएका माइलाले जेलभित्रै कोरेका शब्द लाई गायिका घिसिङले स्वर भरेकी हुन् । यो गीतमा एउटा सन्तानले आफ्नो आमाको प्रेमलाई कसरी प्रस्तुत गर्छन् भने गीत मार्फत ब्यक्त गरेका छन् ।

गायिका घिसिङले यस अगाडी पनि रहर लगायतका एल्बम बजारमा ल्याईसकेका छन् ।

प्रतिक्रिया