शुक्रबार, चैत १६, २०८०

पुनः बस्ने गरी देउवा निवासको तीन दलको बैठक सकियो

मेरोन्यूज २०७८ वैशाख २८ गते १३:२०

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको प्रमुख तीन दलको बैठक सकिएको छ । बैठकमा सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनता समाजवादी पार्टी (जसपा)का नेता उपेन्द्र यादव सहभागी भएका थिए ।

सोमबार प्रतिनिधिसभा बैठकको विशेष अधिवेशनमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार विघटन भएसँगै बहुमतको सरकार बनाउन प्रमुख प्रतिपक्षी दल बैठकमा जुटेको हो । प्रधानमन्त्री ओलीको सरकारले प्रतिनिधिसभाबाट विश्वासको मत गुमाएसँगै नयाँ सरकार गठन गर्न बाटो खुलेको हो ।

प्रधानमन्त्रीले आफ्नो पक्षमा विश्वासको मतदान गर्न सबै दललाई आह्वान गरे पनि सत्तारुढ दलकै माधवकुमार नेपाल समूहका २८ जनाले प्रतिनिधिसभा बैठकमा सहभागी भएका थिएनन् । अघोषित रुपमा प्रतिपक्षी दललाई सहयोग गरेको नेपाल समूह सभापति देउवा निवासको बैठकमा भने सहभागी नभएको स्रोतले जानकारी दिए ।

तीन दलको बैठक सकिएसँगै कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । त्यसपछि पनि प्रमुख प्रतिपक्षीहरूबीच छलफल हुने स्रोतले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया