शुक्रबार, वैशाख १४, २०८१

कालिमाटी फलफूल तथा तरकारी बजार बन्द

मेरोन्यूज २०७८ वैशाख २८ गते १२:५७

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गएको भन्दै कालिमाटी फलफूल तथा तरकारी बजार आजबाट बन्द भएको छ । कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि कालिमाटी बजार विकास समितिले खुद्रा तथा कृषक बजार बन्द गर्न लागिएको हो ।

समितिको सूचना अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोकेको निषेधाज्ञा अवधिभरि बजार बन्द हुने भएका हुन् । कृषक बजार मंगलबारदेखि बन्द गरिने छ । खुद्रा बजार बिहीबारदेखि बन्द हुने छ । थोक बजारमा हुने कारोबार बुधबारदेखि बन्द हुने समितिको सूचनामा भनिएको छ । थोक बजारमा प्याकेजिङ गरेर बिक्री वितरण गर्न पाइने जनाएको छ ।

थोक पसलमा अधिकतम २ जना बसी सामाजिक दुरी कायम गरेर बिक्री वितरण गर्न समितिले आग्रह गरिहेको छ । ठूला कृषकहरूले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अक्सन यार्ड वा होल्डिङ यार्डमा कारोबार गर्न सक्नेछन् । बजार परिसर भित्र मोटरसाइकल, साइकल तथा ठेलागाडा लैजान पाइने छैन । यसअघि बजार बिहान ३ बजेदेखि ९ बजेसम्म खोल्न दिइएको थियो ।

प्रतिक्रिया