शनिबार, वैशाख ८, २०८१

स्वास्थ्य सामाग्री लिन चीन पुगेको जहाज दिउँसो आइपुग्ने

मेरोन्यूज २०७८ वैशाख २८ गते ११:३६

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को महामारी फैलिएसँगै स्वास्थ्य सामाग्री लिन चीन गएको नेपालको वाइड बडी जहाज २ः३० बजे आइपुग्ने भएको छ । चीनले अनुदानमा दिएको स्वास्थ्य सामाग्री लिन नेपाल वायु सेवा निगमको जहाज सोमबार चीन गएको थियो ।

उक्त जहाजले आज ४ सय थान अक्सिजन सिलिण्डरसहित अन्य स्वाथ्य सामग्री ल्याउने भएको हो । चीनको राजधानी बेइजिङ पुगेको जहाज आज दिउँसो नेपाल आइपुग्ने नेपाल वायु सेवा निगमले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप अन्य स्वास्थ्य सामाग्री स्थल मार्गबाट आगामी साताभित्र तातो पानी नाका आइपुग्ने छ । जसमा ४० थान भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डिआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउन्ड र ३० थान एनेस्थेसिया मेसिनलगायतका स्वास्थ्य सामाग्री रहेका छन् ।

प्रतिक्रिया