शनिबार, वैशाख ८, २०८१

बंगलादेशबाट ३२ हजार भाइल रेम्डेसिभिर आज आइपुग्ने

मेरोन्यूज २०७८ वैशाख २८ गते ११:१८

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) का जटिल बिरामीमा प्रयोग गरिँदै आएको रेम्डेसिभिर औषधिको ३२ हजार भाइल बंगलादेशबाट आज बेलुकासम्म काठमाडौँ आइपुग्ने भएको छ ।

बंगलादेश सरकारले अनुदानमा उपलब्ध गराएको १० हजार र आयान हेल्थ केयर प्रालिको २२ हजार गरी कूल ३२ हजार भाइल रेम्डेसिभिर आज बेलुकासम्म आइपुग्ने भएको हो ।

औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले बेलुकासम्म ३२ हजार भाइल रेम्डेसिभिर आइपुग्ने बताए । उनले भने, ‘नेपालमा कोरोनाका जटिल बिरामी संख्या बढ्दै जाँदा रेम्डेसिभिरको माग बढ्दो छ । तर भारतले रेम्डेसिभिर निर्यातमा प्रतिबन्ध लगाएको छ ।’

प्रतिक्रिया