मंगलबार, वैशाख ११, २०८१

नयाँ सरकार बनाउन कांग्रेसले थाल्यो पहल

देउवाले बोलाए विपक्षी मोर्चाको बैठक

मेरोन्यूज २०७८ वैशाख २८ गते ९:५६

काठमाडौं । नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि पहल थालेको छ ।

सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठन गर्ने विषयमा छलफल गर्न विपक्षी मोर्चामा रहेका दलहरुलाई बोलाउनुभएको हो । बैठक बुढानिलकण्ठस्थित देउवाको निवासमा दिउँसो २ बजे बस्ने छ ।

कांग्रेस सभापति देउवाले नेकपा माअ‍ेवादी केनद्र र जनता समाजवादी पार्टीका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम बहुमतीय सरकारका लागि आगामी बिहीबार बेलुका ९ बजेसम्म दाबी पेश गर्न भनिसकेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभाबाट विश्वास गुमाएपछि राष्ट्रपति भण्डारीले बहुमतीय सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

प्रतिक्रिया