बिहीबार, वैशाख १३, २०८१

एनएसएल फुटबलमा आजबाट प्लेअफ चरणका खेल सुरु हुँदै

पहिलो क्वालिफायरमा आज काठमाडौंं धनगढी भिड्दै

मेरोन्यूज २०७८ वैशाख २८ गते ९:३०

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा आजबाट प्लेअफ चरणका खेल सुरु हुँदैछन् । प्रतियोगीताको पहिलो क्वालिफायरमा आज शीर्ष स्थानको काठमाडौंं रेजर्स र दोस्रो स्थानको धनगढी एफसीबीच प्रतिस्पर्धा हुने छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ । एकअर्काबिरुद्ध मैदान उत्रदा दुबै टोली सहज जितसंगै फाईनलमा स्थान सुरक्षित गर्ने योजनामा हुनेछन् । लिग चरणको खेल सकिंदा काठमाडौंको १३ र धनगढीको १० अंक छ ।
लिगचरणमा भएको भेटमा काठमाडौंलाई ३–० ले हराएको धनगढी क्वालिफायरमा पनि आफ्नो सोहि लय कायम राख्दै उपाधिनजिक पुग्ने योजनामा छ । काठमाडौं भने सो हारको बदला लिदै फाईनलमा प्रवेश गर्ने प्रयासमा रहेको छ । आजको विजेताले फाईनलमा स्थान बनाउनेछ भने पराजित टोलीले फाईनलमा स्थान बनाउन दोस्रो क्वालिफायरको विजेतासंग ईलिमिनेटर खेल खेल्नेछ । दोस्रो क्वालिफायरमा भोली ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल जेठ १ गते हुनेछ ।

प्रतिक्रिया