बुधबार, वैशाख १२, २०८१

भारतमा देखिएको कोरोनाको नयाँ भरियन्ट अत्यधिक संक्रामकः डब्लुएचओ

मेरोन्यूज २०७८ वैशाख २८ गते ९:०३

काठमाडौं । भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्ट अत्यधिक संक्रामक रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

भारतमा देखिएको नयाँ भेरियन्टलाई लिएर विश्वलाई सर्तक रहनसमेत डब्लुएचओले आग्रह गरेको हो ।

डब्लुएचओकी कोरोना प्रमुख मारिया वेन केरखोवले भारतमा फैलिरहेको नयाँ भेरियन्ट अत्यधिक संक्रामक रहेको र यसबाट सर्तक रहन विश्वलाई नै आग्रह गरिन् ।

पहिलो पटक डिसेम्बरको अन्त्यतिर भारतमा पत्ता लागेको यो भेरियन्टको शुरुवाती रुप अक्टोबर २०२० मा पाइएको डब्लुएचाओले बताएको छ ।

प्रतिक्रिया