मंगलबार, वैशाख ११, २०८१

वीरको नयाँ भवनमा भेन्टिलेटरसहितको आइसियू वार्डको संख्या बढाउन माग

मेरोन्यूज २०७८ वैशाख २७ गते २२:०१

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का रेजिडेन्ट चिकित्सकहरुले बढ्दो कोरोना संक्रमणलाई ध्यान दिँदै वीर अस्पतालको सर्जिक भवनमा कोभिड वार्डलाई थप विस्तार गर्न र भेन्टिलेरटसहितको आइसियू बेडको संख्या बढाउन माग गरेको छ ।

रेजिडेन्ट एसोसियसन अफ न्याम्सका अध्यक्ष डा किरण पाण्डेय र महासचिव डा अनुप रेग्मीले आज एक विज्ञप्ति जारी गर्दै संक्रमितको प्रभावकारी उपचारको व्यवस्था मिलाउन माग गरेका हुन् ।


उनीहरुले पिसिआर परीक्षणको दयरालाई बढाउन र २४ सै घन्टा पिसिआर परीक्षण हुने व्यवस्था मिलाउन पनि माग गरेका छन् ।

प्रतिक्रिया