बुधबार, वैशाख १२, २०८१

आज एकै दिन १३९ संक्रमितकाे मृत्यु

मेरोन्यूज २०७८ वैशाख २७ गते १८:५३

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३९ जना काेराेना संक्रमित काे मृत्यु भएको छ । याे मृत्युदर अहिलेसम्मकै उच्च हाे ।

पछिल्लो २४ घण्टामा थप ९ हजार २७१  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि आइतबार ८ हजार ८५० जनामा संक्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो । 

नेपालमा हालसम्म काेराेनाका कारण मृत्यु हुनेकाे  संख्या ३ हजार ८५९ पुगेको छ । 

प्रतिक्रिया