शनिबार, वैशाख ८, २०८१

एमालेकै यी २८ सांसदले दिएनन् ओलीलाई भोट

मेरोन्यूज २०७८ वैशाख २७ गते १८:१८

काठमाडौँ । प्रतिनिधि सभाको बैठकले सोमबारदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाएको छ । प्रधानमन्त्री ओलीले विशेष अधिवेशनमार्फत विश्वासको मत लिन चाहेपछि आज प्रतिनिधि सभामा विश्वासको मतका लागि मत विभाजन गरिएको थियो ।

प्रधानमन्त्री ओलीको पक्षमा जम्मा ९३ मत खसेको छ । उनले संसदमा विश्वासको मतका लागि १३६ मत आवश्यक थियो । उनलाई बहुमत प्राप्तका लागि ४३ मत आवश्यक पर्दै गर्दा अविश्वासको प्रस्तावमा १२४ मत खसेको छ । त्यस्तै १५ जना सांसदले तटस्थ बस्ने निर्णय गरी मत हालेका छन् ।

कूल २७१ सांसदमध्ये आजको बैठकमा २३२ सांसदले सहभागिता जनाएका थिए । जसमा प्रधानमन्त्री ओलीकै पार्टी नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरू बैठकमा सहभागी भएका थिएनन् । नेपाल पक्षका सांसदसहित एमालेसँग १२१ सांसद थिए । आजको बैठकमा नेपाल समूहका यी नेताले आफ्नै पार्टीका प्रधानमन्त्रीलाई भोट हाल्न अनुपस्थित भएका थिए ।

नेपाल पक्षका अनुपस्थित सांसदहरू : माधवकुमार नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, पवित्रा निरौला खरेल, भवानी खापुङ, जयकुमार राई, यज्ञराज सुनुवार, गणेश पहाडी, विरोध खतिवडा, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, नारायण खतिवडा, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, झपट रावल, भीमबहादुर रावल, दीपकप्रकाश भट्ट, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कल्याणी खड्का, निरादेवी जैरु, कतिला खातुन, लक्ष्मीकुमारी चौधरी, मुकुन्द न्यौपाने

प्रतिक्रिया