बिहीबार, चैत १५, २०८०

कैलालीमा एकैदिन ९ संक्रमितको मृत्यु

मेरोन्यूज २०७८ वैशाख २७ गते १७:४२

धनगढी । कैलालीमा थप ९ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ६ जना, टीकापुर अस्पतालमा दुई र होम आइसोलेशनमा रहेका एक जनाको मृत्यु भएको हो ।

सेती अस्पतालमा कैलालीको धनगढी उपमहानगरपालिका ३ का ६२ र ८७ वर्षीया महिला, र वडा नं १८ का ४२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । यसैगरी बर्दगोरिया गाउँपालिका–४ का ५२ वर्षीय पुरुष, घोडाघोडी नगरपालिका–१० का ३७ वर्षीय पुरुष र कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ का ३३ वर्षीय पुरुषको पनि मृत्यु भएको उनले जानकारी दिए ।

टीकापुर अस्पतालमा दुई संक्रमितको मृत्यु भएकामध्ये टीकापुर नगरपालिका–७ का ६३ वर्षीया महिला र वडा नं १ का ५१ वर्षीया महिला रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

प्रतिक्रिया