शुक्रबार, वैशाख १४, २०८१

अक्सिमिटरको कालोबजारी गर्ने सर्जिकल स्टोरका सञ्चालक पक्राउ

मेरोन्यूज २०७८ वैशाख २७ गते १६:५०

घनुषा । जिल्लाको जनकपुर उपमहानगरपालिका–९ बाट अक्सिमिटरको कालोबजारी गर्ने सर्जिकल स्टोरका संचालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय घनुषाले जनकपुरस्थित बिनिता सर्जिकल स्टोरका संचालक सिरहाको शुखिपुर नगरपालिका घर भएका ३० वर्षीय भुपनारायण शाहलाई पक्राउ गरेको हो ।

१ हजार ७ सय पर्ने पल्स अक्सिमिटर ३ हजारसम्ममा बेच्ने गरेको सुराकको आधारमा शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार बिनिता सर्जिकल स्टोरबाट २८ थान पल्स अक्सिमिटर बरामद गरेको हो । शाहलाई कालोबजारी र संक्रामक रोग ऐन–२०२० अनुसार प्रमुख जिल्ला अधिकारीबाट म्याद लिएर थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया