बिहीबार, चैत १५, २०८०

प्रधानमन्त्री ओलीले दिन थाले जवाफ

मेरोन्यूज २०७८ वैशाख २७ गते १६:३५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासका मत लिन भएको छलफलमा उठेका प्रश्नको जवाफ दिन थालेका छन् ।

बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, नेमकिपाका सांसद र जनमोर्चाका सांसदले ओलीमाथि प्रश्न उठाएका थिए ।

प्रधानमन्त्री ओलीले उक्त प्रश्नमाथि जवाफ दिन थालेका छन् । त्यसपछि विश्वासको मतमाथि मतदान हुनेछ ।

प्रतिक्रिया