शुक्रबार, वैशाख ७, २०८१

नेप्सेमा केही सुधार

मेरोन्यूज २०७८ वैशाख २७ गते १६:३४

काठमाडौं । गत साता देखि हिजो आइतबारसम्म लगातार ओरालो लागेको नेप्से यो साताको दोस्रो दिन आज सोमबार दोहोरो अंकले वृद्धि भएको छ ।

स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक २७ दशमलब ४१ अंकले उकालो लागेर २ हजार ६ सय ४५ दशमलब ८४ बिन्दुमा पृुगेको छ । यो हिजो आइतबारको तुलनामा १ दशमबल ५ प्रतिशतले बढी हो ।

स्टक एक्सचेञ्जमा सोमबार २ सय १८ कम्पनीको ५१ हजार २ सय ३५ कारोबारबाट कुल ४ अर्ब २० करोड ३८ लाख ३२ हजार ७ सय ८९ रुपैयाँ बराबरको ७५ लाख ७९ हजार ३ कित्ता शेयर खरिद बिक्रि भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

प्रतिक्रिया