शुक्रबार, वैशाख ७, २०८१

जसपाका नेताहरूले पेश गरे फरक–फरक मत

मेरोन्यूज २०७८ वैशाख २७ गते १६:१४

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय जनता पार्टी (जसपा)ले दुई धारमा मत पेश गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने गरी बसेको बैठकमा जसपाका नेताहरूले मत दिने र नदिने दुवै पक्षमा मत पेश गरेका हुन् ।

बैठकलाई सम्बोधन गर्दै जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीको पक्षमा मत राखेका थिए । उनको विरुद्धमा पार्टीका अर्का नेता उपेन्द्र यादवले विपक्षी मत राखेका थिए ।

प्रधानमन्त्रीको पक्षमा सत्तारुढ दल नेकपा एमालेकै नेता माधवकुमार नेपाल पक्षले विश्वासको मत नदिने भएपछि जसपाका नेताहरू मत दिने वा नदिनेबारे स्वतन्त्र रुपमा अधिकार पेश गरेको थियो ।

प्रतिक्रिया