बिहीबार, वैशाख ६, २०८१

काठमाडौंमा १५ दिन निषेधाज्ञा थप्न डीसीसीएमसीको सिफारीस

मेरोन्यूज २०७८ वैशाख २७ गते १३:५२

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट तिब्ररुपमा फैल्न रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं जिल्लामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउन डिसिएमसीले सिफारीस गरेको छ ।

आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो । आगामी जेठ १२ गतेसम्म निषेधाज्ञा लम्ब्याउको लागि सिफरीस गरेको हो। जारी निषेधाज्ञा २९ गते सकिँदैछ ।

प्रतिक्रिया