मंगलबार, वैशाख ४, २०८१

माधव नेपाललाई पार्टी विभाजन गर्न बामदेवको सुझाव

पार्टी विभाजन गरे ओलीलाई नभई नेपाल पक्षलाई साथ दिने घोषणा

मेरोन्यूज २०७८ वैशाख २७ गते १३:२०


काठमाडौं । एमालेका नेता वामदेव गौतमले माधव नेपालहरुलाई पार्टी विभाजन गर्न उक्साएका छन् । उनले प्रधानमन्त्री केपी ओलीसँग भएको छलफलमा उनीसँग कुरा मिल्न नसकेको भन्दै माधव नेपालहरुले जुनकुनै अवस्थामा भएपनि पार्टी विभाजन गरेको भए आफु उक्त पार्टीमा सहभागी हुने धारणा सार्वजनिक गरेका हुन् ।

गौतमले आफ्ना प्रेस संयोजक विश्वमणि सुवेदीमार्फत त्यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
वरिष्ठ नेता क. माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरूले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरू बनाउनेजस्ता काममा मेरो सहमति छैन । गौतमले सुवेदीमार्फत आफनो धारणा सार्वजनिक गदैं भनेका छन्, तर, यदि उहाँहरूले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।

उनी तत्कालिन नेकपा विभाजित हुदा कतै पनि नलागी एकता राष्टिय अभियान चलाएर बसेका थिए । तर अदालतले एमले र माओवादी अलग गरिदिएपछि भने उनी एमालेको एकता अभियान चलाउँदै आएका थिए ।
गौतमले प्रधानमन्त्री ओलीसँग छलफल भएको तर ओलीले पार्टी मिलाउने तिर धारणा नराखेपछि आफुले साथ दिन नसक्ने धारणा राखेको वताएका छन् ।

ओलीले २०७५ जेठ २ मा एमालेलाई फर्काउन नमानेपछि आफ्नो साथ नरहेको गौतमले बताएका छन् ।
अध्यक्ष कमरेडसँगको कुराकानीबारे भन्दै गौतमले आफना प्रेस संयोजक सुवेदीमार्फत भने, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री क केपी शर्मा ओलीसँग उहाँले नेकपा एमालेको स्थिती २०७५ जेठ २ गतेसम्मको मानेर अगाडी बढ्नुपर्छ भन्ने आग्रह राख्नुभयो तर क अध्यक्षले भन्नुभयो, म ०७५ जेठ २ भन्दा धेरै अगाडी बढिसके । त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन ।

प्रतिनिधिसभामा गौतम पक्षका एकजना सांसद गौतम पत्नी तुलसा थापा छन् भने राष्ट्रियसभामा गौतम आफूमात्र छन् ।

प्रतिक्रिया