शुक्रबार, चैत १६, २०८०

सभापति देउवा र प्रचण्डबीच भेटवार्ता

मेरोन्यूज २०७८ वैशाख २७ गते १३:०३

काठमाडौँ । प्रतिनिधिसभाको विशेष अधिवेशन बस्नुअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल तथा भेटवार्ता भएको छ । उनीहरूबीच सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा छलफल भएको हो ।

बैठकमा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण र माओवादी केन्द्रका नेता वर्षमान पुनसमेत सहभागी भएका छन् । आजै बसेको माओवादीको संसदीय दलको बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

कांग्रेसले पनि गत शनिबार संसदीय दलको बैठक गरी ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको थियो । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने भएको छ ।

प्रतिक्रिया