शुक्रबार, वैशाख १४, २०८१

ओलीको विपक्षमा मतदान गर्न माओवादीको ह्वीप

संसद बैठक अगाडी देउवा प्रचण्ड भेटवार्ता

मेरोन्यूज २०७८ वैशाख २७ गते १३:०३

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले लिन खोजेको विश्वासको मतलाई असफल पार्ने योजनामा रहेको कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुका वीचमा भेटवार्ता भएको छ । संसद बैठक शुरु हुनु अगाडी सिंहदरवारमा कांग्रेस सभापति शेरवहादुर देउवा र बालकृष्ण खाँण तथा माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल (प्रचण्ड) र वर्षमान पुन (अनन्त) का वीचमा भेटवार्ता भएको हो ।

भेटवार्ता माओवादी दलको बैठक लगत्तै भएको हो । त्यसअगाडी माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको विपक्षमा मतदान गर्न पार्टीका सांसदहरुलाई ह्वीप जारी गरेको छ ।


सिंहदरवारमा बसेको माओवादी संसदीय दलको बैठकले त्यससम्वन्धी निर्णय गरेको प्रमुख सचेतक देव गुरुङ्गले जानकारी दिए ।

उनले भने, ‘पहिलो कुरा आज सदनमा सरकारको विश्वासको मत निर्णयार्थ प्रस्तुत हुँदैछ । त्यसमा विपक्षमा मतदान गर्ने निर्णय भएको छ । दोस्रो कोरोना नियन्त्रणका लागि सरकारले लापरवाही देखाएको छ । स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचारको अबिलम्ब छानविन गर्नुपर्छ र दोषीमाथि कारवाही गर्नुपर्छ ।’

प्रतिक्रिया