बिहीबार, वैशाख १३, २०८१

प्रधानमन्त्रीमाथी विश्वासको मत

संसदको अंक गणित : नेपाल पक्ष आएन भने के हुन्छ प्रधानमन्त्रीलाई ?

मेरोन्यूज २०७८ वैशाख २७ गते १२:३६

काठमाडौैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले दिउँसो १ बजेबाट शुरु हुन लागेको संसदको विशेष अधिवेशनमा विश्वासको मत लिने कार्य सूची छ । ३० जनाभन्दा बढी कोरोना भाइरस (काेभिड-१९) संक्रमित सांसदलाई समेत छुट्टै टेन्टमा राख्ने र पछि मतदानको व्यवस्था गर्ने गरी बनेको संसदको तयारीमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन १३६ सांसदको साथ आवश्यक पर्छ ।

ओलीको पार्टी एमालेसँग १२१, कांग्रेससँग दुई निलम्बितसहित ६३, नेकपा माओवादी केन्द्रसँग स्वतन्त्र सांसद छक्क बहादुर लामासहित ४९ (सभामुखले मतदान नगर्ने भएकाले उनीबाहेक), जनता समाजवादी पार्टी (जसपा)का दुई निलम्बितसहित ३४ सांसद संसदमा छन् । राष्ट्रिय जनमोर्चा, नेमकिपा र राप्रपाका पनि एक-एक सांसद छन् ।

संसदमा अहिले निलम्बित ४ सहित २७१ सांसद छन् । माओवादीतर्फबाट जितेका ४ जना एमालेमा गएपछि भने उनीहरु पदमुक्त छन् । यस हिसाबले वाहालवाला सांसदको बहुमत संख्या अर्थात १३६ सांसद ओलीका लागि आवश्यक पर्छ ।

एमालेभित्रकै नेपाल पक्षले प्रधानमन्त्रीलाई विश्वासको मत दिने संसदको बैठकमा उपस्थित नहुने औपचारिक निर्णय गरेको छ । यो निर्णयका कारण नेपाल समूहका ३५ सांसद (प्रत्यक्ष, समानुपातिक गरी) मध्ये कम्तीमा २० जना सांसद आजको बैठकमा नजान सक्छन् ।

तर, ठ्याक्कै यति संख्याका सांसद अनुपस्थित हुन्छन् भन्ने भन्न सक्ने अवस्थामा नेपाल समूहसँग छैन । नेपाल समूहकै प्रभावशाली मानिएका नेताहरू घनश्याम भुषाल, योगेश भटटराई, गोकर्ण विष्टलगायतका नेताहरू ओली पक्षका नेतासँग संवादमा छन् । नेपाल पक्षले सामूहिक राजीनामा गर्न खोज्दा यी नेताहरूले रोक्ने काम गरेका थिए ।

नेपाल समूहभित्रै राजीनामाको विषयले विवाद निम्ताएकाले यही भन्न सक्ने अवस्था छैन । तर, मोटामेटी ३५ मा २० सांसद अनुपस्थित भए भने पनि ओलीलाई बहुमत जुटाउन ठूलै कसरथ गर्नु पर्ने हुन जान्छ । यस्तो अवस्थामा ओली सफल हुने अवस्था संसदको अंक गणितले देखाउँदैनन् ।

नेपाल पक्षका २० सांसदमात्रै अनुपस्थित भए भने पनि ओलीसँग त्यही एक सय आसपासका सांसदहरु मात्र आफनो पार्टीको साथ रहनेछ ।

त्यसपछि उनका लागि थप ३५, ३६ जना सांसद आवश्यक पर्छ । त्यसमा उनलाइृ साथ दिने ठूला अन्य कुनै दल देखिएका छैनन । कांग्रेस र माओवादी केनद्रले ओलीलाई विश्वासको मत लिनवाट रोक्ने र उनलाई असफल पार्ने योजना पार्टीबाट बनाईसकेका छन् । जसपाले सांसदहरुलाई स्वविवेकी अधिकार प्रयोग गर्न दिने निर्णय लिएको छ । यसले जसपाभित्रको राजेन्द्र महतो र महन्थ ठाकुर पक्षले हिजै ओली र कांग्रेस सभापति शेरवहादुर देउवालाई भेटेर तटस्थ बस्ने, कसैको पक्षमा मत नदिने सुनाएर फर्केका थिए । तर उपेन्द्र र वावुरामले भने स्वविवेकी अधिकारका रुपमा ओलीको विपषमा मतदान गर्नेछन् ।

यसो हुँदा ३२ जना सांसद मतदानका लागि योग्यमध्ये कसैले पनि ओलीलाई मत दिने देखिन्न । आधा भन्दा वढीले त विपक्षमै मतदान गर्ने सम्भावना देखिन्छ ।

यदि जसपाको महन्थ र राजेनद्र समुहका १५ जनाले ओलीलाइृ भोट दिएपनि नेपाल पक्ष अनुपस्थित हुँदा थप २० सांसद जति ओलीलाई अपुग देखिन्छ । त्यसमा राष्टिय जनमोर्चाले ओली सरकारलाई साथ नदिने बताईसकेको छ ।

नेमकिपा र राष्टिय प्रजातन्त्र पार्टीले उनलाई साथ दिएपनि थप १८ सांसद उनका लागि अपुग हुन सक्छ ।

यस हिसावले हेर्दा अव ओलीले संसदवाट विश्वासको मत पाउने सम्भावना सकिएको छ ।

प्रतिक्रिया