बिहीबार, चैत १५, २०८०

कोरोना महामारीमा अक्सिजनको तीव्र अभाव (फोटोफिचर)

जुली गिरी २०७८ वैशाख २७ गते १२:४६

काठमाडौँ । सरकारले आइतबारदेखि अक्सिजन प्लान्टहरूलाई स्वास्थ्य मन्त्रालयको सिफारिस लिनेबाहेक कसैलाई अक्सिजन सिलिण्डर वितरण नगर्न आदेश दिएको छ ।

कोरोना भाइरस महामारी बढ्दै गर्दा अक्सिजनकाे माग बढेपछि सरकारले यस्ताे निर्णय गरेको हो । तर, सरकारले असारदेखि अस्पतालहरूलाई पनि अक्सिजन पुर्याउन सकिरहेको छैन । अक्सिजन प्लान्टहरूमा जनशक्ति अभाव र एक घण्टामा २० वटा सिलिण्डर मात्रै भरिने भएकाले अक्सिजन मागअनुसार पुर्याउन नसकेको सरकारले जनाएको हो ।

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अक्सिजन अभाव भइरहेको छ भने सरकारले कालोबजारी नियन्त्रण गर्न अनेक प्रयास गरिरहेका छन् ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया