शनिबार, वैशाख ८, २०८१

फिट इन्टरनेशनल फेसबुकसँग सम्झौता गर्ने एजेन्सी

बैंकको कारोबार पनि घरबाटै

मेरोन्यूज २०७८ वैशाख २७ गते १२:१५


काठमाडौं । फिट इन्टरनेशनल नेपालमा पहिलो फेसबुक विज्ञापनको आधिकारिक रिसेलरको बनेको छ । नेपालमा पहिलो पटक भएको साझेदारी डिजिटल मार्केटिङ् एजेन्सीको रुपमा हेरिएको छ ।
साझेदारीले फेसबुक विज्ञापन खरिद गर्न चाहने डिजिटल मार्केटर र अन्य एजेन्सी लागि सहज बाटो खोलेको छ । अब नेपाली व्यावसायहरुले स्थानीय ज्ञान,सहयोग र विशेषज्ञताको माध्यमबाट फेसबुकबाट लाभ लिन सक्नेछन् ।

फेसबुक विज्ञापन कुनै पनि व्यवसायको लागि एकदम महत्त्वपूर्ण बनेको छ । अहिलेसम्म सामाजिक सञ्जाल विज्ञापनको भुक्तानी अनौपचारिक रुपमा गरिने हुनाले देशको अर्थव्यवस्थामा हानी भइरहेको छ ।
फेशबुकको अनौपचारिक तथ्यांक अनुसार नेपाली व्यावसायीले फेसबुक विज्ञापनमा हरेक वर्ष लगभग २ अर्ब खर्च गरिरहेका छन् । जसमध्ये धेरैजसो कारोबार अनौपचारिक रुपमा हुनाले त्यसको हिसाब किताब देखिँदैन ।

फिट र फेसबुकको साझेदारीले फेसबुकमा चल्ने विज्ञापन अब इनभ्वाइस बिलिङ मार्फत ट्र्याक गर्न सकिन्छ । अब नेपाल सरकारले फेसबुक विज्ञापनका लागि गरिएको प्रत्येक लेनदेनको तथ्यांक र लेखापढी राख्न सक्नेछन् । यसरी औपचारिक माध्यमबाट भुक्तानी गर्न अनुमति दिनाले देशको राजस्व बढाउन सँगै सम्बन्धित सबै पक्षहरूका लागि सहजता थपिने विश्वास लिन सकिन्छ ।

फिट इन्टरनेशनल नेपाली विज्ञापन क्षेत्रमा नाम बनाउँदै गरेको संस्था हो,जसले दक्षिण एसियामा डिजिटल मार्केटिङमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखेको छ । फिट इन्टरनेशनल फेसबुक विज्ञापनको आधिकारिक विक्रेता हुनका साथै, ओहो डोमेन, भाइबर बिसिनेस मेसेजएज र साउटआउटको पनि विक्रेता हो । यसको स्थापनादेखि नै फिटले आफ्नो ग्राहक उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीका मुख्य कार्यकारी अधिकृत रवि सिंघलले भने, “हामी विश्वास गर्छौँ कि जब उद्योग आफै ठूलो र राम्रो हुन्छ तब हामी सबैले फाइदा प्राप्त गर्छौं । यो साझेदारी फिट इन्टरनेशनलको तर्फबाट गरिएको भए पनि सबै एजेन्सीहरु र ब्रान्डका लागि एक महत्त्वपूर्ण उपलब्धि प्रतिनिधित्व गर्दछ। हामी भविष्यमा पनि उद्योगलाई फाइदा पु¥याउने साझेदारी ल्याउन चाहन्छौँ ।”
यसैबिच कारोनाका कारण निशेधाज्ञा भइरहेका बेला त्रास पुनः बल्झिएसँगै देशका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ । धेरै क्षेत्रहरु बन्द भए पनि दैनिक उपभोग्यसँगै अत्यावश्यक बैंकिङ, बिमा लगायतका क्षेत्रहरुले निषेधाज्ञामा पनि सेवा संचालित भएका छन् ।
तर नेपाल बैंकर्स एशोशियसनले समस्या अवस्थाका बेला बैंकका कर्मचारी पनि कोरोना संक्रमित भएकाले ई–बैंकिङ सेवाबाट कारोबार गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
एशोसियसनले बैंकिङ कारोबार घरमै बसेर गर्न सकिने भएका कारण सेवाग्राहीले बैंक नै जानु पर्ने बाध्यता नभएकाले घरमै बसेर ई–बैंकिङ सेवा प्रयोग गर्नमा जोड दिएको छ ।

प्रतिक्रिया